२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूलाई अन्यायपूर्वक मुद्दा हालिएको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कानुनले हदबन्दीभन्दा बढी जग्गा राख्न दिन स्वीकृति दिने व्यवस्था रहेको भन्दै आफूले कुनै गलत कार्य नगरेको स्पष्ट पारे। उनले भने, “यो काम मन्त्रीपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर भएको हो, त्यसमा मेरो व्यक्तिगत गल्ती छैन।”

उनका अनुसार त्यतिबेलाको मन्त्रिपरिषद्मा तत्कालीन उपप्रधानमन्त्री विद्या भण्डारीदेखि नेता सुजाता कोइराला, शंकर पोखरेल, भीम रावल, मिनेन्द्र रिजाललगायतका मन्त्रीहरूको सहमति रहेको थियो।

नेपालले आरोप खारेज गर्दै भने, “माथि लागेको मुद्दामा चार वटा कुरा छन्—हदबन्दीभन्दा बढी जग्गा दिने, दिएको भन्दा बढी विक्री गर्न दिने, सरकारी सम्पत्ति हिनामिना गर्ने र त्यसबाट भ्रष्टाचार गर्ने। तर कानुनमा हदबन्दी छुटलाई नियमन गर्ने विशेष व्यवस्था छ। त्यसैले क्याबिनेटले गरेको निर्णय कानुनी रूपमा वैध छ।”

अध्यक्ष नेपालले आफूले राजनीतिक जीवनमा कहिल्यै व्यक्तिगत लाभका लागि गल्ती वा बदमासी नगरेको भन्दै आरोपहरू निराधार भएको टिप्पणी गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय