२०८२ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् पुनःस्थापनाको बाटो बन्द गर्नु हुँदैन- पार्टी जहिल्यै निर्वाचनको पक्षमा : कांग्रेस प्रवक्ता महत | कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा | एमआरआई मेसिन खरिद प्रकरणमा उपकुलपति भण्डारीसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा | ‘संसद् पुनर्स्थापनाबिना देश लोकतान्त्रिक बाटोमा फर्कँदैन’ : केपी शर्मा ओली | ओलीको आरोप : ‘सुशीला कार्की संविधान विपरीत प्रधानमन्त्री बनेकी हुन् ’ | नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा | ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंको माग | माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा अपनाइएको छ | बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार | प्राधिकरणको तथ्यांक: असोज १७ पछिका विपद् घटनामा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई पुनः संवैधानिक र लोकतान्त्रिक बाटोमा ल्याउन संसद् पुनर्स्थापनाबाहेक कुनै विकल्प नभएको बताएका छन्।

भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले असंवैधानिक रूपमा गरिएको संसद् विघटन फिर्ता गर्नुपर्ने आवश्यकता जोड दिए। उनले भने, ‘असंवैधानिक ढंगले भङ्ग गरिएको संसद् पुनर्स्थापना नगरी देशलाई स्थायित्व र लोकतन्त्रको बाटोमा फर्काउन सकिँदैन।’

ओलीले यो मुद्दा केवल एमालेको नभई सम्पूर्ण लोकतान्त्रिक शक्तिको साझा सरोकार भएको दाबी गरे। उनले थपे, ‘मलाई विश्वास छ—कांग्रेसले पनि यही बाटो रोज्नेछ। अरू दलहरू पनि लोकतन्त्रको रक्षा गर्न यही दिशामा अघि बढ्छन्।’

पूर्वप्रधानमन्त्री ओलीले असंवैधानिक निर्णयको समर्थन गर्नेहरूले देशलाई संकटतर्फ धकेल्ने चेतावनी समेत दिए। ‘संविधानविपरीतको बाटोले देशलाई थप अफ्ठेरोमा पुर्‍याउँछ,’ उनले भने, ‘त्यसैले सबै दल र नागरिकले लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न एकजुट हुनुपर्ने समय आएको छ।’

उनका अनुसार संसद् पुनर्स्थापनाले मात्र जनप्रतिनिधित्वको मर्म जोगाउने र देशलाई पुनः राजनीतिक स्थायित्वतर्फ डोर्याउने छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय