२०८२ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एकीकृत समाजवादीको सचिवालय बैठक आज हुने भएको छ | धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते | राष्ट्रपतिले प्रधानमन्त्री र राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने | विश्वकप छनोट : नेपाल आज समूहको अन्तिम खेलमा जापानसँग भिड्दै | मनसुनी र स्थानीय वायुको प्रभाव क्रमश बन्दै | ‘लुङटुङ’ बाट ‘पुनहिल’सम्मको यात्रा : एक गोठालाको सपनाले यसरी बदल्यो गाउँकै पहिचान | सानेपामा आज पनि काँग्रेस पदाधिकारी बैठक: महाधिवेशनको तयारीमा केन्द्रित छलफल | अनलाइन मिडिया दर्ता र नवीकरण विभागमै हुने, कानुनी प्रक्रिया टुंगिन बाँकी | संसद् पुनःस्थापनाको बाटो बन्द गर्नु हुँदैन- पार्टी जहिल्यै निर्वाचनको पक्षमा : कांग्रेस प्रवक्ता महत | कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा |

राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र विभिन्न राजनीतिक दलसँग महत्वपूर्ण छलफल गर्ने कार्यक्रम रहेको छ। छलफलको मुख्य एजेण्डा आगामी निर्वाचनसँग सम्बन्धित विषय रहने छ।

शुक्रबार अपराह्न ४ बजे हुने छलफल शीतलनिवासमा आयोजना गरिनेछ। यसअघि बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरूले राष्ट्रपति पौडेलसँग शीतलनिवासमै भेटघाट गरी निर्वाचन तयारी र राजनीतिक परिस्थिति बारे जानकारी दिएका थिए।

राष्ट्रपतिको यो पहलले सबै दल र सरकारबीच समन्वय र सहमति बढाउने तथा निर्वाचन सुचारु, निष्पक्ष र पारदर्शी ढंगले सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय