२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीपहिरोले प्रभावित इलाम र आसपासका क्षेत्रमा राहत तथा पुनःनिर्माणका कामलाई सरकारले शीर्ष प्राथमिकतामा राखेको बताएका छन्।

शनिबार बिहान इलाम पुगेका मन्त्री घिसिङले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै भने, “सरकार पीडित नागरिकसँगै छ। तत्काल राहत र दीर्घकालीन पुनःनिर्माण दुवै मोर्चामा काम अघि बढाइनेछ।”

उनले रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवालीसम्मको क्षेत्र निरीक्षण गरेका थिए। सो क्रममा उनले स्थानीय जनप्रतिनिधि र पीडितसँग क्षतिको विवरण तथा राहत वितरणको अवस्थाबारे जानकारी लिए।

मन्त्री घिसिङले राजदुवाली सडक, मिल घुम्ती लगायतका क्षतिग्रस्त सडक र भत्किएका संरचनाहरूको अवस्था पनि नजिकबाट अवलोकन गरे। उनले सम्बन्धित निकायलाई तत्काल मर्मत, वैकल्पिक आवागमन र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका छन्।

गत असोज १८ गतेको भीषण वर्षापछि इलाममा ठूलो जनधनको क्षति भएको थियो। यसै कारण सरकारले इलामलाई आगामी तीन महिनाका लागि “सङ्कटग्रस्त क्षेत्र” घोषणा गरेको छ। हालसम्मको सरकारी तथ्यांक अनुसार बाढी र पहिरोका घटनामा ३९ जनाको मृत्यु भइसकेको छ भने सयौं परिवार विस्थापित भएका छन्।

स्थानीय प्रशासनले अझै पनि केही हराइरहेका व्यक्तिको खोजी कार्य जारी रहेको जनाएको छ। मन्त्री घिसिङले केन्द्र र प्रदेश सरकारबीच समन्वय गरी प्रभावित क्षेत्रको पुनःनिर्माण छिटो सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय