२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्तिको पक्षमा बोल्नेहरूलाई पनि सरकार रिसाएर हेर्ने गरेको टिप्पणी गरेका छन्। शनिबार आयोजित भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थालाई “आतंकपूर्ण” भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

ओलीले पछिल्ला गतिविधिहरूले देशमा अस्थिरता बढाएको भन्दै बालबालिकामाथि समेत ‘नेपो बेबी’ अभियान चलाएर समाजलाई गलत दिशातर्फ धकेल्ने प्रयास भइरहेको बताए। उनले भने, “दुनियाँमा फैलिएको डेंगु र कोभिडभन्दा खतरनाक कुरा अब ‘नेपो बेबी’ बनेको छ। अब बच्चाको के दोष? समाज के सिक्दैछ  सभ्यता कि असभ्यता?”

उनका अनुसार, अहिलेको समाजमा आलोचना र आक्रोशको नाममा हद नाघिएको छ। “बालबालिकालाई त्रसित पार्ने र निरपराधहरूलाई निशाना बनाउने अभियान कुनै सभ्यताको लक्षण होइन,” उनले जोड दिए।

ओलीले सरकारप्रति पनि तीखो कटाक्ष गर्दै भने, “देशमा आतंक फैलिरहेको छ, जनतालाई डर देखाउने काम भइरहेको छ। शान्तिको कुरा गर्न खोज्दा पनि सरकार रिसाउँछ। यो के शासन हो? शान्ति र स्थायित्व चाहनु अपराध हो र?”

उनले तोडफोड, लुटपाट र आगजनीजस्ता घटनामा संलग्न हुनेहरूलाई कारबाही गर्न सरकार असफल भएको आरोप लगाए। “लुटेरोको विरोध गर्दा रिसाउने, आगो नलगाउन भन्दा झन् आक्रोश देखाउने—यो के नीति हो?” उनले प्रश्न गरे।

अध्यक्ष ओलीले एमाले देशमा शान्ति, स्थायित्व र जिम्मेवार राजनीति कायम गर्न सधैं तयार रहेको बताए। “सरकारलाई रिस उठेपनि, जसलाई उठेपनि, देशमा शान्ति कायम गरेरै छाड्छौं,” उनले भने।

उनले अन्त्यमा चेतावनी दिँदै भने, “हिंसाबाट लाभ उठाउनेहरूलाई जनताले अब स्वीकार गर्ने छैनन्। अर्कोको सम्पत्ति जलाएर वा लुटेर खुसी खोज्ने संस्कार अब टुंगिनुपर्छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय