२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तयारी र राजनीतिक समन्वयका विषयमा आज प्रमुख राजनीतिक दलका नेताहरूसँग महत्वपूर्ण छलफल गर्न लागेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे हुने छलफलमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा र जसपाका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको स्रोतले जनाएको छ।

फागुन २१ गते आम निर्वाचन गर्ने सरकारको घोषणापछि पनि राजनीतिक वातावरण पूर्ण रूपमा तयार नभएको दलहरूको भनाइका बीच प्रधानमन्त्री कार्कीको यो बैठकलाई निर्णायक मानिएको छ। निर्वाचन सुरक्षादेखि उम्मेदवार मनोनयनको मापदण्ड, आचारसंहिता कार्यान्वयन र निर्वाचन खर्चको पारदर्शितासम्मका विषय छलफलको एजेन्डामा छन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दलका शीर्ष नेताहरूबीच प्रारम्भिक संवाद भएको थियो। आजको छलफलले त्यस संवादलाई ठोस निर्णयतर्फ लैजाने अपेक्षा गरिएको छ।

सरकारले स्थिरता र सुशासनको वातावरणमा निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री कार्कीले सबै दलको सहकार्य अपरिहार्य रहेको बताउँदै आएकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय