२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

देशको वर्तमान सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल गरेकी छन्।

मध्यान्ह सुरु भएको बैठकमा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। बैठक करिब दुई घण्टा चलेको बताइएको छ।

छलफलका क्रममा देशभर भइरहेका गतिविधि, सुरक्षा चुनौती र सम्भावित जोखिमबारे सुरक्षा प्रमुखहरूले आ–आफ्नो मूल्यांकन प्रस्तुत गरेका थिए। साथै, विभिन्न समूहहरूले प्रदर्शनको तयारी गरिरहेको सूचनाबारे पनि बैठकमा चर्चा भएको गृहमन्त्री अर्यालले जानकारी दिए।

बैठकपछि गृह मन्त्रालयका स्रोतका अनुसार, सरकार र सुरक्षा निकायबीच थप समन्वय र सतर्कता बढाउने सहमति भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय