२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

चार दिनदेखि रोकिएको बञ्चरेडाँडा फोहोर व्यवस्थापन आजदेखि पुनः सुरु भएको छ। ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनभित्र स्थानीयका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयहरू फोहोर फाल्न दिन सहमत भएका हुन्।

मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेर अवस्थाको निरीक्षण गर्दै स्थानीय प्रतिनिधि र नागरिकसँग छलफल गरेका थिए। छलफलमा स्थानीयहरूले विगतमा भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

उनको आश्वासनपछि स्थानीयले अस्थायी रूपमा फोहोर फाल्न अनुमति दिएका छन्। मन्त्री घिसिङले भने, “स्थानीयको माग जायज छ, हामीले १५ दिनभित्र आवश्यक काम अघि बढाउँछौं।”

२०७९ जेठ २६ गते भएको सम्झौता कार्यान्वयन नहुँदा असन्तुष्ट भएका स्थानीयहरूले गत केही दिनदेखि फोहोर फाल्ने सवारी रोकेका थिए। सहमति कार्यान्वयनमा सरकार र काठमाडौं महानगरको बेवास्ता भएको भन्दै उनीहरूले आन्दोलन चर्काएका थिए।

स्थानीय र मन्त्रालयबीच सहमति बनेपछि फोहोर बोक्ने सवारीहरू पुनः ल्याण्डफिल साइटतर्फ सञ्चालनमा आएका छन्। यससँगै काठमाडौं उपत्यकामा चार दिनदेखि थन्किएको फोहोर उठ्न थालेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय