२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

मधेश प्रदेशको बारास्थित सिमरा बिहीबार पनि तनावग्रस्त बनेको छ। बुधबार नेकपा एमाले कार्यकर्ता र जेनजी युवाबीच भएको झडपको असर आज पनि देखिँदा स्थानीय प्रशासनले फेरि कर्फ्यु जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गर्दै सिमरा आसपासमा गतिविधि पूर्ण रूपमा रोकिएको जनाएको छ। कर्फ्यु क्षेत्र बीरगञ्ज–पथलैया सडकखण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म, दायाँ–बायाँ ५०० मिटर क्षेत्र, साथै सिमरा विमानस्थल वरिपरि समेत लागू गरिएको छ।

जेनजी युवामाथि एमाले कार्यकर्ताले कुटपिट गरेको आरोपप्रति कारबाहीको माग गर्दै बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको थियो। युवाहरूले सडकमा टायर जलाउँदै विरोध जनाएपछि स्थिति फेरि आक्रामक बन्दै गएको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सुरक्षाकर्मी परिचालन गरेको छ। मुख्य सडकमा प्रदर्शन जारी रहँदा केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय