२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पार्टीभित्रै केही नेता तथा सदस्यले आफूखुसी उम्मेदवारी घोषणा गर्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ। पार्टीले आधिकारिक प्रक्रियाबाहिर गरिएको यस्तो दाबीले भ्रम र अनावश्यक चर्चा पैदा हुने बताउँदै तत्काल रोक्न आग्रह गरेको हो।

रास्वपाले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छनोट स्पष्ट रूपरेखा र संस्थागत विधिमार्फत मात्र हुने उल्लेख छ। पार्टीका अनुसार व्यक्तिगत महत्वाकांक्षाका आधारमा गरिएको प्रचार–प्रसार पार्टी नीतिविरुद्ध छ र यसले कार्यकर्तामाझ अनिश्चितता बढाउँछ।

विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म रूपन्देही क्षेत्र नम्बर–३ का लागि मात्रै पार्टीले औपचारिक रूपमा उम्मेदवार चयन गरेको छ। अरू कुनै पनि क्षेत्रमा उम्मेदवार टुंगो लागेको छैन।’

पार्टीले आधिकारिक निर्णय नआएसम्म कुनै निर्वाचन क्षेत्रलाई लिएर मनपरी दाबी वा प्रचार नगर्न सबैलाई सचेत गराएको छ। रास्वपाका अनुसार यस्तो गतिविधिले भित्री अनुशासनमा असर गर्ने मात्र होइन, सर्वसाधारण मतदातामा पनि गलत सन्देश पुग्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय