२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

प्रतिनिधिसभा निर्वाचनका लागि अब ७९ दिन मात्र बाँकी रहँदा समानुपातिक निर्वाचन प्रणालीमा सहभागी नहुने राजनीतिक दलको संख्या १४ पुगेको छ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरिसकेको छ।

संविधानअनुसार नेपालले मिश्रित निर्वाचन प्रणाली अपनाएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र बाँकी ११० जना समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। यस निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्र प्रयोग गरेर मतदान गर्नेछन्।

निर्वाचन आयोगका अनुसार अधिकांश राजनीतिक दलले दुवै प्रणालीमा भाग लिने परम्परा रहे पनि यसपटक केही दल भने प्रत्यक्षतर्फ मात्र सहभागी हुने भएका छन्। आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन १०० राजनीतिक दलले दर्ता गराएका छन्, जसका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने ११४ राजनीतिक दल दर्ता भएका छन्।

आयोगले तोकेको कार्यविधि पूरा गरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दल दर्ता भएका छन् भने राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार १२ दलले एकल चुनाव चिन्ह लिएका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्रै सहभागी हुने दलहरूमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी र राष्ट्रिय समुन्नति पार्टी रहेका छन्।

त्यस्तै, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल र सर्वोदय पार्टीले पनि समानुपातिकतर्फ सहभागिता नजनाउने भएका छन्।

समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत तथा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार केही दलले भने अर्को दलको निर्वाचन चिन्ह प्रयोग गरेर समानुपातिक प्रणालीमा सहभागी हुने भएकाले छुट्टै दल दर्ता नगरेका हुन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय