२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका प्रतिनिधिले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको भेटमा आयोगको कामको प्रगति र आगामी कार्ययोजनाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा आयोगका पदाधिकारीले छानबिन प्रक्रिया पूरा गर्न थप समय आवश्यक परेको भन्दै आयोगको कार्यकाल एक महिना बढाइदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अनुसन्धानका क्रममा विभिन्न पक्षसँग थप समन्वय र बयान लिनुपर्ने भएकाले म्याद थपको आवश्यकता परेको जानकारी दिएका छन्।

अध्यक्ष कार्कीका अनुसार अर्को सातादेखि सम्बन्धित राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको छ। आयोगले घटनाको तथ्यगत अध्ययन र प्रमाण संकलनलाई तीव्र बनाउँदै निष्कर्षमा पुग्ने प्रयास गरिरहेको पनि उनले बताएका छन्।

सरकारले मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो। आयोगको प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिने सरकारको तयारी रहेको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय