२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिक तर्फका उम्मेदवार छनोट प्रक्रियालाई थप व्यवस्थित बनाउन नयाँ निर्णयहरू गरेको छ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार छनोट प्रक्रियामा छुटेका आकांक्षीलाई पुनः समेट्ने र विदेशमा रहेका आकांक्षीलाई भर्चुअल माध्यमबाट मूल्यांकन गर्ने निर्णय गरेको हो।

बैठकले विशेष कारणले गत पुस ५ गतेको छलफलमा सहभागी हुन नपाएका समानुपातिक उम्मेदवारका आकांक्षीलाई पुनः छलफल प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ। उनीहरूको प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया अघि बढाउने जिम्मेवारी पार्टी प्रवक्ता मनिष झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ।

सो प्रक्रियाको अनुगमन उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले गर्नेछन्।

रास्वपाले प्रवासमा रहेका उम्मेदवार आकांक्षीहरूको मूल्यांकन भर्चुअल विधिबाट गर्ने निर्णय पनि गरेको छ। भर्चुअल प्रक्रियाबाट छनोट भई बन्दसूचीमा पर्ने उम्मेदवारले निर्वाचन आयोगमा सूची बुझाउनु अघि अर्थात् २०८२ पुस १४ गते बिहान ९ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

उम्मेदवार छनोट प्रक्रियालाई सहजीकरण गर्न केन्द्रीय समितिका सदस्यहरूलाई पनि सहभागी गराइने भएको छ। साथै, समानुपातिक उम्मेदवार छनोटको प्रारम्भिक निर्वाचनमा मतदान गर्ने सदस्यहरूको मापदण्ड तय गर्न एक कार्यदललाई जिम्मेवारी दिइएको छ।

बैठकले पार्टीका दुई केन्द्रीय निकायमा सदस्य मनोनयन पनि गरेको छ। केन्द्रीय निर्वाचन आयोगको सदस्यमा गोकुल सापकोटा र केन्द्रीय संगठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गरिएको पार्टीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय