२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

काठमाडौं – सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालनका लागि नियमावली पारित गरेको विरोधमा यातायात व्यवसायीहरूले यो कार्यक्रम घोषणा गरेका हुन्।

गृहमन्त्रीसँग छलफल जारी

गृहमन्त्री रमेश लेखकले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरूलाई छलफलका लागि आमन्त्रणा गरेका छन्। हाल गृहमन्त्रालयमा दुवै पक्षबीच वार्ता जारी रहेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार कालो नम्बर प्लेटका सबै यातायातका साधन सातवटै प्रदेशमा बन्द गरिएको छ। यसले देशभरको जनजीवनमा व्यापक प्रभाव पारेको छ।

काठमाडौं उपत्यकाको अवस्था

काठमाडौं उपत्यकामा सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरू सञ्चालनमा आएका छैनन्। सधैं व्यस्त रहने काठमाडौंका सडकहरू आज बिहानैदेखि सुनसान देखिएका छन्। केवल निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरू मात्र फाट्टफुट्ट चलेको देखिएको छ।

कोटेश्वर-जडिबुटी क्षेत्रमा यातायात व्यवसायी भेला भएर अवरुद्ध गराएपछि प्रहरी परिचालन भएको छ। ट्याक्सीले यात्रु बोकेको भन्दै यातायात व्यवसायीले यात्रु ओराल्न खोजेपछि प्रहरी र व्यवसायीबीच धकेलाधकेल भएको छ।

सार्वजनिक यातायात बन्द हुँदा दैनिक कामकाजका लागि यातायातमा निर्भर रहने सर्वसाधारण समस्यामा परेका छन्। प्रतिक्षालयमा यात्रुहरू अलपत्र परेका छन् भने बिहानै क्याम्पस पढ्न हिँडेका विद्यार्थीहरू पनि समस्यामा छन्।

स्कूल बस र निजी सवारी साधनहरू भने सञ्चालनमा रहेका छन्।

गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो। यसपछि सार्वजनिक यातायात व्यवसायीहरू आक्रोशित बनेका छन्।

व्यवसायीहरूको भनाइ अनुसार सरकारको यो निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने भएकाले उनीहरूले निर्णय फिर्ता लिन माग गर्दै यातायात ठप्प पारेका छन्।

यो समाचार अद्यावधिक हुँदै रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय