२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार |

काठमाडौं – सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालनका लागि नियमावली पारित गरेको विरोधमा यातायात व्यवसायीहरूले यो कार्यक्रम घोषणा गरेका हुन्।

गृहमन्त्रीसँग छलफल जारी

गृहमन्त्री रमेश लेखकले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरूलाई छलफलका लागि आमन्त्रणा गरेका छन्। हाल गृहमन्त्रालयमा दुवै पक्षबीच वार्ता जारी रहेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार कालो नम्बर प्लेटका सबै यातायातका साधन सातवटै प्रदेशमा बन्द गरिएको छ। यसले देशभरको जनजीवनमा व्यापक प्रभाव पारेको छ।

काठमाडौं उपत्यकाको अवस्था

काठमाडौं उपत्यकामा सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरू सञ्चालनमा आएका छैनन्। सधैं व्यस्त रहने काठमाडौंका सडकहरू आज बिहानैदेखि सुनसान देखिएका छन्। केवल निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरू मात्र फाट्टफुट्ट चलेको देखिएको छ।

कोटेश्वर-जडिबुटी क्षेत्रमा यातायात व्यवसायी भेला भएर अवरुद्ध गराएपछि प्रहरी परिचालन भएको छ। ट्याक्सीले यात्रु बोकेको भन्दै यातायात व्यवसायीले यात्रु ओराल्न खोजेपछि प्रहरी र व्यवसायीबीच धकेलाधकेल भएको छ।

सार्वजनिक यातायात बन्द हुँदा दैनिक कामकाजका लागि यातायातमा निर्भर रहने सर्वसाधारण समस्यामा परेका छन्। प्रतिक्षालयमा यात्रुहरू अलपत्र परेका छन् भने बिहानै क्याम्पस पढ्न हिँडेका विद्यार्थीहरू पनि समस्यामा छन्।

स्कूल बस र निजी सवारी साधनहरू भने सञ्चालनमा रहेका छन्।

गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो। यसपछि सार्वजनिक यातायात व्यवसायीहरू आक्रोशित बनेका छन्।

व्यवसायीहरूको भनाइ अनुसार सरकारको यो निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने भएकाले उनीहरूले निर्णय फिर्ता लिन माग गर्दै यातायात ठप्प पारेका छन्।

यो समाचार अद्यावधिक हुँदै रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय