२०८३ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक बिदाबारे चासो बढेको छ। यस सम्बन्धमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कति दिन बिदा दिने भन्ने विषयमा छलफल भइरहेको बताएका छन्।

आइतबार हिमालप्रेससँगको जिज्ञासामा प्रवक्ता भट्टराईले भने, “यस विषयमा छलफल भइरहेछ, छिट्टै निर्णयमा पुग्नेछौं।”

फागुन २१ गते देशभर एकैचरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। अधिकांश विद्यालय मतदान केन्द्र बनेकाले बिदा व्यवस्थापनबारे सरकार र आयोगबीच परामर्श भइरहेको छ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आयोगले तीन दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरेको थियो। मतदान सामग्री व्यवस्थापन, कर्मचारी खटाउने व्यवस्था र मतदाताको सहज आवतजावतलाई ध्यानमा राख्दै ती तीन दिनको बिदा दिइएको थियो।

यसअनुसार यसपटक पनि अघिल्लो अभ्यास दोहोर्याउँदै तीन दिन सार्वजनिक बिदा दिइने सम्भावना रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय