२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सुरु गरिएको सेवा प्रवाहको नवीनतम मोडेलको निरीक्षण गरेकी छन्।

सोमबार बबरमहलस्थित प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनको लागि सुरु भएको सेवा प्रवाहको नवीनतम मोडेल, पब्लिक अनाउन्समेन्ट सिस्टम (सार्वजनिक सम्बोधन प्रणाली) सहितको समग्र प्रणालीको निरीक्षण गरी जानकारी लिएकी हुन्।

प्रधानमन्त्री कार्कीले नयाँ प्रणालीबाट नागरिकलाई सहज सेवा प्रवाह उपलब्ध हुने विश्वास व्यक्त गरिन्।

त्यस्तै, नयाँ प्रणालीमार्फत कार्यालय व्यवस्थापनमा भइरहेको गतिविधिको जानकारी पनि लिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताए। उनले नयाँ प्रणालीले सेवाग्राहीको समय बचत हुने र सहज रूपमा सेवा लिन सकिने पनि बताए।

पौडेलका अनुसार सेवा प्रवाहको नवीनतम मोडेल अन्य सरकारी सेवा प्रदायक निकायमा समेत विस्तार गर्न सकिने सम्भावना रहेको छ। निरीक्षणमा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय