२०८३ मंसिर ८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न अस्वीकार गरेको छ। अदालतले लेखकलाई पक्राउ गर्नुको कारण स्पष्ट गर्न सरकारलाई आदेश दिएको छ।

न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै लेखकलाई तत्काल रिहा नगर्न निर्देशन दिएको हो। लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

तर सर्वोच्चको आदेशअनुसार लेखक अहिले रिहा हुने अवस्था छैन। गत शनिबार, जेनजी आन्दोलनको समयमा गृहमन्त्री रहेका लेखकलाई कार्की आयोगको प्रतिवेदनको आधारमा प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।

यससँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट दायर रिटमा पनि सुनुवाइ जारी छ। अदालतले दुवै प्रकरणमा अनुसन्धान र प्रक्रिया सही ढंगले अघि बढाउने सुनिश्चितता गर्नुपर्ने उल्लेख गरेको छ।

लेखकको गिरफ्तारी र सर्वोच्चको निर्णयले राजनीतिक र कानुनी क्षेत्रमा विभिन्न प्रतिक्रिया निम्त्याएको छ।

Website | + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय