२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिविरुद्ध सुरु भएको आन्दोलनलाई समर्थन जनाएका छन्।

उनले विद्यार्थी संगठनहरूलाई आन्दोलनलाई अझ सशक्त बनाउँदै अघि बढ्न आग्रह गरेका छन्।

विप्लवले सरकारको यस्तो सोचलाई निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भएको बताएका छन्। उनका अनुसार विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका प्रमुख वाहक हुन्।

उनले नेपालमा भएका परिवर्तनहरूमा विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै इतिहासमा निरङ्कुश शासकहरूको अन्त्यमा पनि विद्यार्थी अग्रपंक्तिमा रहेको दाबी गरे।

विप्लवले वर्तमान परिवर्तनमा योगदान पुर्‍याउने शक्तिमाथि नै हस्तक्षेप गर्न खोजिए कडा प्रतिरोध हुने चेतावनी दिएका छन्। उनले विद्यार्थी संगठनहरूको घाँटी निमोठ्ने प्रयास भए सरकारकै जरो उखेलेर फ्याँकिने बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय