२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

नेकपा (एमाले) ले शनिबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा दिउँसो १ बजे बस्ने गरी बैठक तय गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। स्वास्थ्यमा सुधार भइरहेको भए पनि पूर्ण रूपमा निको नभएकाले बैठक निवासमै बस्ने व्यवस्था गरिएको हो।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बैठकको औपचारिक जानकारी आए पनि एजेन्डाबारे स्पष्ट विवरण प्राप्त भएको छैन। उनले अध्यक्षको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै बैठक निवासमै बोलाइएको बताए।

उनका अनुसार २१ फागुनमा सम्पन्न निर्वाचनपछि पार्टीले गरेको प्रदर्शन र परिणामको समग्र समीक्षा बैठकको प्रमुख विषय हुन सक्ने अनुमान गरिएको छ। “तलबाट रिपोर्ट संकलन भइरहेको थियो, त्यसको संश्लेषण भएर आएको हुन सक्छ,” भट्टले भने, “त्यसमाथि केन्द्रित छलफल हुने सम्भावना छ।”

चैत पहिलो साता बसेको सचिवालय बैठकले चुनावी समीक्षा तलबाट सुरु गरी केन्द्रीय तहसम्म ल्याउने निर्णय गरेको थियो। सोही अनुसार प्रदेश र जिल्ला तहसम्म समीक्षा प्रक्रिया अघि बढाइएको थियो। पालिका तहसम्म पनि समीक्षा सम्पन्न भइसकेको एमालेले जनाएको छ।

तर, यस बीचमा अध्यक्ष ओलीको स्वास्थ्य समस्या, पितृशोक, गिरफ्तारी तथा हर्निया र पत्थरीको शल्यक्रियाका कारण पार्टी बैठक नियमित रूपमा बस्न सकेको थिएन। अहिले स्वास्थ्यमा सुधार आएपछि बैठक पुनः बोलाइएको हो।

महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्य, प्रदेश नेतृत्व, जिल्ला नेतृत्व तथा जनवर्गीय संगठनका पदाधिकारीसहित करिब तीन हजार व्यक्तिबाट सुझाव संकलन गरिएको बताएका छन्। चुनावी हारको कारण र आगामी दिशाबारे लिखित प्रश्नपत्रमार्फत सुझाव मागिएको थियो। ती सुझावहरूलाई आधार बनाएर समीक्षा प्रतिवेदन तयार गरिएको बताइएको छ।

तर पार्टीभित्र भने नेतृत्व र संरचनामाथि गम्भीर प्रश्न उठिरहेका छन्। चुनावमा अपेक्षित नतिजा नआएपछि केही नेताहरूले अध्यक्ष ओलीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने र पार्टी पुनर्गठन गर्नुपर्ने माग अघि सारेका छन्।

इतर समूह कमजोर अवस्थामा रहे पनि उपाध्यक्ष विष्णु पौडेल, महासचिव पोखरेलसहितका नेताहरूसँग मिलेर पुनर्गठनको एजेन्डा अघि बढाउने प्रयास भइरहेको बताइएको छ। तर आगामी सचिवालय बैठकमा उनीहरू खुला रूपमा पुनर्गठनको पक्षमा उभिन्छन् कि उभिँदैनन् भन्ने स्पष्ट छैन।

पूर्वराष्ट्रपति विद्या भण्डारी र नेता ईश्वर पोखरेल निकट समूहले भने केन्द्रीय समिति बैठकमा माथिदेखि तलसम्म पार्टी पुनर्गठनका लागि दबाब दिने रणनीति बनाइरहेको छ। उनीहरूले केन्द्रीय सदस्यहरूमार्फत लबिङ गरिरहेका छन्।

त्यसैगरी केही युवा नेताहरू तथा बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलियासहितको समूहले अलग्गै अभियान चलाइरहेको छ। उनीहरूले पुनर्गठनको माग पूरा नभए विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेर दबाब दिने तयारी समेत गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय