नेकपा (एमाले)ले सरकारको एक वर्षे कार्यकाल सफल र उपलब्धीमूलक भएको निष्कर्ष निकालेको छ ।
बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीतिगत निर्णय र कार्यान्वयन सन्तोषजनक रहेको पार्टीले निष्कर्ष निकालेको जानकारी दिए । सत्तारुढ दलहरु कांग्रेस–एमालेबीचको सम्बन्ध समेत थप मजबुत बन्दै गएको निष्कर्ष पार्टीले निकालेको उहाँले जानकारी दिए।
उपमहासचिव ज्ञवालीले दलीय र नीतिगत निर्णयमा स्पष्टता र स्थायित्व देखिएको पार्टीको धारणा रहेको समेत बताउनुभयो । सडकमा देखिएको विरोधका स्वरहरु कम हुँदै जानु पनि सरकारको सफलता रहेको ज्ञवालीको भनाइ छ ।
यद्यपि सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको निष्कर्ष समेत पार्टीको निष्कर्ष रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
