२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै फेरि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। महासंघले माग सम्बोधन नभए विद्यालय बन्द गरेर सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

महासंघले अघिल्लो वर्ष सरकारसँग भएको ९ बुँदे सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै आन्दोलनको निर्णय गरेको जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सरकारले सहमति कार्यान्वयन नगरेकाले आन्दोलनको विकल्प नरहेको बताएका छन्।

महासंघले विगतका सहमतिअनुसार अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास कक्षाका शिक्षक तथा संघीय सिकाइ अनुदानका शिक्षकको तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको व्यवस्था गर्न माग गरेको छ।

यस्तै, स्थायी शिक्षकको बढुवा, नयाँ सेवा प्रवेश गरेका शिक्षकका लागि सहज सरुवा व्यवस्था तथा दशौँ संशोधित शिक्षा नियमावलीका कारण देखिएका समस्या समाधान गर्नुपर्ने माग पनि महासंघले अघि सारेको छ।

महासंघले भदौ महिनादेखि चरणबद्ध आन्दोलन सञ्चालन गर्ने जनाएको छ।

घोषित कार्यक्रमअनुसार भदौ ५ गते जिल्ला सदरमुकाममा विरोधसभा, भदौ १२ गते सडक केन्द्रित धर्ना, भदौ २० गते विद्यालय बन्द गरी शैक्षिक हड्ताल र भदौ २४ गते काठमाडौं केन्द्रित विशाल र्‍यालीसहित आन्दोलन गर्ने तयारी गरिएको छ।

महासंघले ‘शिक्षकको सम्मान, शिक्षाको गुणस्तर र हकअधिकारको सुनिश्चितताका लागि हाम्रो आन्दोलन, हाम्रो अधिकार’ भन्ने नारासहित आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय