२०८२ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
विपिन जोशीको अवस्थाबारे अझै कुनै जानकारी छैन : इसराइलस्थित नेपाली राजदूत | विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीले गरिन छलफल | नागरिक सुरक्षामाथि आयोगको चिन्ता : हिंसात्मक घटनाको निष्पक्ष छानबिन माग | प्रधानमन्त्री कार्कीको निर्देशन : ‘नेपालको नयाँ यथार्थ विश्वसामु पुर्‍याउनुस्’ | टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध पहिलो खेलमा नेपालको ब्याटिङ | कांग्रेसमा नियमित महाधिवशेनको जोडबल | बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित |

बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र पछिल्लो एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने खण्डमा वर्षा, पहिरो र निर्माण कार्यका कारण आवागमन बारम्बार रोकिँदै आएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (ब.सु.पू.) का प्रमुख जनक बन्जाराका अनुसार, २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म यो खण्ड पूर्ण वा आंशिक रूपमा ६३ पटक अवरुद्ध भयो। तीमध्ये धेरैजसो अवरोध वर्षासँगै आएको पहिरो, माटोको थुप्रो, बिग्रिएको ट्रक वा मर्मतका क्रममा प्रयोग भएका ठूला उपकरणका कारण भएका थिए।

विशेषगरी विश्वकर्मा मन्दिर, घ्युखोला, त्रियासी मोड जस्ता ठाउँहरूमा बारम्बार अवरोध हुने गरेको बन्जाराले बताए। “वर्षाको समयमा पहिरो र हिलो, घाम लागेका बेला धुलो र खाल्डाखुल्डी — दाउन्ने सधैं समस्याग्रस्त छ,” उनले भने।

गत पुस २६ गते विनयी खोला पुल भाँचिएपछि समस्या झन् चर्किएको थियो। अस्थायी डाइभर्सन पटक–पटक खोलाले बगाएपछि यातायात नियमित हुन सकेन। तर असार १९ गतेदेखि नयाँ पुल सञ्चालनमा आएसँगै सो समस्या केही हदसम्म समाधान भएको छ।

१४ किलोमिटरको दाउन्ने खण्ड अहिले तीन लेनमा विस्तार गरिँदैछ। सडक ढलान, पर्खाल निर्माण र कल्भर्ट जस्ता कार्य तीव्र रूपमा भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए।

गत चैत २७ देखि वैशाख ३१ गतेसम्म विस्तारका लागि दिनको ११ बजेदेखि ३ बजेसम्म र रातको ११ बजेपछि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक सवारी सञ्चालनमा रोक लगाइएको थियो।

नारायणगढ–बुटवल सडकको कुल ११४ किलोमिटरमध्ये गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटरमा काम भइरहेको छ। बजार क्षेत्रमा सर्भिस लेनसहित ६ लेन र जोखिमपूर्ण दाउन्नेमा तीन लेनको सडक बनाइँदैछ।

रु १७ अर्ब लागतमा निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थप गरिसकेको छ। अबको म्याद साउन मसान्तसम्म रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय