२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज (शुक्रबार) बिहान ९ बजेका लागि बोलाएको छ। सभापति शेरबहादुर देउवाको आवास बुढानीलकण्ठमा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको सहकार्यको सम्भावना, र पार्टीबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा मुख्य एजेन्डाका रूपमा रहने बताइएको छ। त्यसैगरी पछिल्लो समय मुलुकमा विकसित भइरहेका राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे पनि विस्तृत छलफल हुने स्रोतले जनाएको छ।

बैठकमा सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई पनि सहभागी हुन भनिएको छ। पछिल्लो समय पार्टीभित्र देखा परेको असन्तुष्टि, गुटगत अन्तरद्वन्द्व र सरकारमा कांग्रेसको भूमिकाबारे चासो बढिरहेका बेला बस्न लागेको बैठकलाई महत्वपूर्ण मानिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय