२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अमेरिकी दूतावासले मेगन बोल्डिनलाई आगामी केही महिनाका लागि नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत नियुक्त गरेको छ।

अमेरिकी दूतावासले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत बोल्डिनलाई नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत नियुक्त गरिएको जानकारी दिएको हो।

नेपालमा आएको बाढीपछि राहत तथा पुनर्लाभका काममा दूतावासको समन्वय गर्न बोल्डिनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्ने दूतावासले जनाएको छ। बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई सहयोग गर्नु पनि उनको प्राथमिकतामा रहनेछ।

यसअघि बंगलादेशस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत बोल्डिनले सन् २०२४ अगस्टदेखि उक्त जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

वरिष्ठ परराष्ट्र सेवाकी करिअर सदस्य बोल्डिनसँग संकट व्यवस्थापन, कूटनीति तथा नेतृत्वको व्यापक अनुभव रहेको दूतावासले जनाएको छ। उनले युक्रेन, इराक, बंगलादेश तथा वासिङ्टनस्थित अपरेसन्स सेन्टरमा समेत जिम्मेवारी सम्हालिसकेकी छिन्।

दूतावासका अनुसार राहत तथा पुनर्लाभका प्रयास जारी रहेका बेला बोल्डिनको नेपाल आगमनले नेपाल सरकार तथा साझेदारहरूसँग सहकार्य गर्ने अमेरिकी प्रतिबद्धतालाई थप बलियो बनाउनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय