२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक अन्तिम चरणमा पुगेको बेला नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको तयारी गरेको छ। महासंघले विधेयकप्रति आफ्ना २४ प्रमुख आपत्तिहरू सार्वजनिक गर्दै आगामी भदाै दोस्रो साताबाट व्यापक आन्दोलन गर्ने घोषणा गरेको हो।

महासंघका अनुसार नयाँ विधेयकले विगतमा भएका सहमति उल्लंघन गरेको छ भने शिक्षकको सरुवा, बढुवा, विभागीय कारबाही, अस्थायी शिक्षकको स्थायीत्व, ट्रेड युनियन अधिकार लगायतका विषयहरूमा न्यायपूर्ण व्यवस्था नभएको उल्लेख गरिएको छ। उनीहरूले खासगरी अस्थायी शिक्षकमाथि स्थानीय तहहरूले जबर्जस्ती सरुवा र करार नवीकरण नगर्ने कार्य गर्दै आतंकित बनाएको पनि बताएका छन्।

महासंघले २०८२ भदाै ३ र ४ गते काठमाडौँमा राष्ट्रिय समिति बैठक बसाएर आन्दोलनको स्वरूप र कार्यतालिका तय गर्ने बताएको छ। महासंघले सम्पूर्ण शिक्षक–कर्मचारीहरूलाई तयार रहन आह्वान गरेको छ र सरकारलाई समयमै गम्भीर हुन चेतावनी पनि दिएको छ।

महासंघका २४ मुख्य मागमा शिक्षक अधिकार कटौती, दरबन्दी व्यवस्थापन, समान र सम्मानजनक भूमिकाको अभाव, सहमतिहरूको बेवास्ता लगायतका मुद्दा छन्। महासंघले आन्दोलनका कारण हुने असहजताका लागि सरकार जिम्मेवार हुने चेतावनीसमेत दिएको छ।

यसअघि महासंघले माघ २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षा ऐनका लागि आन्दोलन गरेको थियो। अब फेरि नयाँ विधेयकप्रति असन्तुष्ट हुँदै आन्दोलनको तयारी गरिँदैछ।

यस विषयमा आगामी बैठकले आन्दोलनको दिशा स्पष्ट गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय