२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक अन्तिम चरणमा पुगेको बेला नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको तयारी गरेको छ। महासंघले विधेयकप्रति आफ्ना २४ प्रमुख आपत्तिहरू सार्वजनिक गर्दै आगामी भदाै दोस्रो साताबाट व्यापक आन्दोलन गर्ने घोषणा गरेको हो।

महासंघका अनुसार नयाँ विधेयकले विगतमा भएका सहमति उल्लंघन गरेको छ भने शिक्षकको सरुवा, बढुवा, विभागीय कारबाही, अस्थायी शिक्षकको स्थायीत्व, ट्रेड युनियन अधिकार लगायतका विषयहरूमा न्यायपूर्ण व्यवस्था नभएको उल्लेख गरिएको छ। उनीहरूले खासगरी अस्थायी शिक्षकमाथि स्थानीय तहहरूले जबर्जस्ती सरुवा र करार नवीकरण नगर्ने कार्य गर्दै आतंकित बनाएको पनि बताएका छन्।

महासंघले २०८२ भदाै ३ र ४ गते काठमाडौँमा राष्ट्रिय समिति बैठक बसाएर आन्दोलनको स्वरूप र कार्यतालिका तय गर्ने बताएको छ। महासंघले सम्पूर्ण शिक्षक–कर्मचारीहरूलाई तयार रहन आह्वान गरेको छ र सरकारलाई समयमै गम्भीर हुन चेतावनी पनि दिएको छ।

महासंघका २४ मुख्य मागमा शिक्षक अधिकार कटौती, दरबन्दी व्यवस्थापन, समान र सम्मानजनक भूमिकाको अभाव, सहमतिहरूको बेवास्ता लगायतका मुद्दा छन्। महासंघले आन्दोलनका कारण हुने असहजताका लागि सरकार जिम्मेवार हुने चेतावनीसमेत दिएको छ।

यसअघि महासंघले माघ २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षा ऐनका लागि आन्दोलन गरेको थियो। अब फेरि नयाँ विधेयकप्रति असन्तुष्ट हुँदै आन्दोलनको तयारी गरिँदैछ।

यस विषयमा आगामी बैठकले आन्दोलनको दिशा स्पष्ट गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय