२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै |

कुलिङ अफ पिरियड सम्बन्धी गडबडीमा प्रत्यक्ष जिम्मेवार ठहर गरिएका प्रतिनिधिसभा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिने तयारी गरेका छन्।

छानबिन विशेष समितिको प्रतिवेदनले खतिवडालाई समितिको काममा समन्वयको कमी र गम्भीर त्रुटिको मुख्य जिम्मेवार ठहर गरेको थियो। प्रतिवेदन अनुसार, सभापतिको हैसियतले मस्यौदा प्रतिवेदन समितिका सबै सदस्यसँग छलफल नगरी सीमित व्यक्तिहरूसँग मात्र अनौपचारिक बैठक गरेर २०८२ जेठ १३ मा प्रतिवेदन पठाइएको देखिएको छ। यसलाई सभापतिको ‘उत्तरदायीपूर्ण भूमिका नदेखिएको’ टिप्पणी गरिएको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्नका लागि खतिवडाले सभामुखसँग समय मागेका छन्। बैठक सुरू हुनु अघि उनले सभामुख देवराज घिमिरे र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग भेट गरेका थिए।

छानबिन प्रतिवेदनले समितिका सचिव सुरजकुमार दुरालाई पनि जिम्मेवार ठहर गरेको छ। सचिवको हैसियतमा दुरा प्रारम्भदेखि नै प्रतिवेदन लेखन प्रक्रियामा संलग्न भए पनि आफ्नो परिभाषित जिम्मेवारी पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ।

यसअघि प्रतिवेदनले अन्य कर्मचारीहरूको पदीय आचरणमा समेत प्रश्न उठाउँदै, सार्वजनिक रूपमा लबिइङ र समितिले पारित गरेको निर्णयको विपक्षमा देखिनु शोभनीय नभएको निष्कर्ष निकालेको थियो।

राजीनामा घोषणाबारे खतिवडाले मंगलबारको बैठकमै औपचारिक जानकारी दिने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय