२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको गम्भीर त्रुटिका कारण उठेका प्रश्नका बीच पद त्यागेको घोषणा गरेका हुन्। संसदीय छानबिन समितिले उक्त प्रतिवेदनमा गल्ती भएको निष्कर्ष निकालेपछि उनीमाथि नैतिक जिम्मेवारीको प्रश्न उठेको थियो।

खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि ‘कुलिङ अफ पिरियड’ लागू हुनुपर्ने पक्षमा अडिग रहेको र भविष्यमा पनि त्यही धारणा कायम राख्ने बताएका छन्। उनले प्रतिवेदनमा हस्ताक्षर गरे पनि गल्ती समितिका सदस्य वा आफूबाट नभई, विधेयक तयार गर्ने क्रममा मन्त्रालयका कर्मचारीको लापरबाहीका कारण भएको दाबी गरे। अन्तिम रुपमा गहिरिएर नहेर्नु कमजोरी रहेको स्वीकार गर्दै उनले त्रुटि रोक्न प्रयास गरेको उल्लेख गरे।

उनले राष्ट्रिय सभामा पनि दुई वर्षको कुलिङ अफ पिरियड कायम राख्ने विश्वास व्यक्त गर्दै आफू गठबन्धनको नीति प्रतिको निष्ठामा अडिग रहेको बताए। साथै, आफू कूटिल राजनीतिको सिकार भएको आरोप लगाउँदै नगरेको गल्तीको बोझ बेहोर्नु परेको गुनासो गरे।

“प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग भएकाले म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु,” खतिवडाले बैठकमा भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय