२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

चन्दा दिन अस्वीकार गरेपछि एक सरकारी कार्यालयका प्रमुखमाथि आक्रमण, धम्की र सामाजिक सञ्जालमार्फत बदनाम गर्ने अभियान चलाइएको छ। पीडितका अनुसार, आफू सरकारी सेवामा रहँदा कहिल्यै सेवाग्राहीलाई अनावश्यक दुःख नदिएको र अनैतिक कार्यमा संलग्न नभएको भए पनि अहिले ‘भ्रष्टाचारविरोधी अभियान’को नाममा दबाब र धम्कीको शिकार बन्नुपरेको छ।

पीडित कार्यालय प्रमुखका भनाइअनुसार, एक महिना अघि आफूलाई नेकपा (बहुमत) को कार्यकर्ता भनेर परिचय दिने समूह कार्यालयमै आएर देशव्यापी भ्रष्टाचार निर्मूल अभियान सञ्चालन गरिरहेको भन्दै आर्थिक सहयोग मागेको थियो। उनीहरूले सम्पूर्ण कर्मचारीबाट रकम संकलन गरेर बुझाउन आग्रह गरे पनि पीडितले ‘स्वेच्छिक रूपमा जे जति सकिन्छ’ भन्ने अडान लिएका थिए।

तर, सो समूहले केही दिनमै फोनमार्फत पाँच–छ लाख रुपैयाँ सहयोग गर्नुपर्ने, नत्र पार्टीबाट कारबाही गर्ने धम्की दिन थालेको पीडितले बताएका छन्। सोमबार, सोही समूहका केही सदस्य सेवाग्राहीको हुलिया बनाई कार्यालयमा आएर सांकेतिक आक्रमण, कुटपिट र मोबिल छ्यापेर फरार भएको आरोप छ।

पीडितका अनुसार, त्यसपछि सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा आफ्नो वर्ष दिन पुरानो फोटो फोटोसप गरेर बदनाम गर्ने अभियान चलाइएको छ। “भ्रष्टलाई चन्दा नदिनु नै मेरो गल्ती हो त?” पीडितले आक्रोश व्यक्त गरे।

उनले  आम नागरिक तथा सहकर्मीहरूबाट सहयोगको अपेक्षा राखेको बताएका छन्। “गल्ती नगर्दा पनि यति ठूलो बेइज्जत खेप्नुपर्दा मानसिक रूपमा बिक्षिप्त भएको छु,” उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय