२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवहरूलाई मन्त्रालयगत कार्यसम्पादन सम्झौतापछि नयाँ र युगान्तकारी (गेम चेन्जर) योजनासहित अघि बढ्न निर्देशन दिएका छन्।

सिंहदरबारमा आयोजित वार्षिक प्रगति समीक्षा तथा सम्झौता आदान–प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादकत्व वृद्धि र गरिबीको दुष्चक्र तोड्ने परियोजनामा तीव्रता दिन आग्रह गरे। उनले दैलेखको मिथेन ग्यास परीक्षण उत्पादन, व्यावसायिक भैंसी पालन, अग्र्यानिक खेती, सामाजिक सञ्जाल नियमन, ज्येष्ठ नागरिक संवाद भवन निर्माण, राष्ट्रिय खेलकुद आयोजना, क्रिकेट र रंगशाला निर्माण लगायतका विषयमा सम्बन्धित मन्त्रीलाई ध्यानाकर्षण गराए।

प्रधानमन्त्रीले अन्तरिक्षमा नेपालकै अर्बिट उपयोग, रेल र सेक्युरिटी प्रेस सञ्चालन, सुनकोसी–मरिन, भेरी–बबई र काठमाडौं–तराई द्रुतमार्गजस्ता आयोजना छिटो सम्पन्न गर्न, योग–आरोग्य अभियान र मापदण्डअनुसार कर्मचारी सरुवा गर्न निर्देशन दिए।

‘यी प्रतिनिधिमूलक मात्र हुन्,’ ओलीले भने, ‘भदौको अन्त्यसम्म हरेक मन्त्रालयले मौलिक र परिवर्तनकारी योजना बनाएर ल्याउनुपर्छ। साँच्चिकै माइलस्टोन हुने काम गरौँ।’

यसअघि पनि ओलीको कार्यकालमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यसहित कार्यसम्पादन सम्झौताको अभ्यास सुरु गरिएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय