२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३०.७६ अंकले बढ्दै ३,००२.०७ विन्दुमा पुग्न सफल भएको छ। नेप्से १.०३ प्रतिशतले उकालो लागेको हो।

आज देशभरका ३२१ कम्पनीको कुल ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ पुगेको छ।

उपसमूहगत रूपमा हेर्दा विकास बैंक, वित्त र व्यापार समूहको उपसूचकमा गिरावट देखिएको छ भने बाँकी सबै समूहको सूचक बढेको छ।

कारोबारको आकर्षण भने मुक्तिनाथ एग्रो, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्तले जमाएका छन्, जसको शेयरमा सकारात्मक सर्किट लागेको हो।

त्यसैगरी, सबैभन्दा धेरै मूल्य घट्नेमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड पर्‍यो, जसको शेयर ८.६० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आजको अग्रस्थानमा हिमालयन डिस्टिलरी लिमिटेड रहेको छ, जसको ६४ करोड ४१ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
शेयर संख्याको हिसाबले सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेडको भएको छ, जसको १८ लाख ५८ हजार २२३ कित्ता शेयर कारोबार भयो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय