२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३०.७६ अंकले बढ्दै ३,००२.०७ विन्दुमा पुग्न सफल भएको छ। नेप्से १.०३ प्रतिशतले उकालो लागेको हो।

आज देशभरका ३२१ कम्पनीको कुल ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ पुगेको छ।

उपसमूहगत रूपमा हेर्दा विकास बैंक, वित्त र व्यापार समूहको उपसूचकमा गिरावट देखिएको छ भने बाँकी सबै समूहको सूचक बढेको छ।

कारोबारको आकर्षण भने मुक्तिनाथ एग्रो, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्तले जमाएका छन्, जसको शेयरमा सकारात्मक सर्किट लागेको हो।

त्यसैगरी, सबैभन्दा धेरै मूल्य घट्नेमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड पर्‍यो, जसको शेयर ८.६० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आजको अग्रस्थानमा हिमालयन डिस्टिलरी लिमिटेड रहेको छ, जसको ६४ करोड ४१ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
शेयर संख्याको हिसाबले सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेडको भएको छ, जसको १८ लाख ५८ हजार २२३ कित्ता शेयर कारोबार भयो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय