२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई जनताको सेवकको भूमिकामा रहि काम गर्न निर्देशन दिएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै ओलीले प्रहरीलाई शासकको हैसियतमा नभई सेवकको हैसियतमा काम गर्नुपर्ने बताए। उनले कसैलाई जबर्जस्ती मुद्दा फसाउने वा यातना दिने अभ्यास लोकतन्त्रमा अस्वीकार्य भएको उल्लेख गरे।

“राणा शासन र पञ्चायती व्यवस्थामा जस्तो झूटो आरोप लगाएर शासनसत्ता टिकाउने काम फेरि हुन हुँदैन,” ओलीले भने, “प्रहरीले न्यायोचित हिसाबले काम गर्नुपर्छ।”

उनले हालका केही तत्वहरूले आफूलाई “नयाँ शक्तिको भ्रम” फैलाउँदै अराजक गतिविधि गरिरहेको दाबी गर्दै समाज र राष्ट्रले त्यस्ता तत्वलाई सजाय दिनुपर्ने पनि बताए।

प्रधानमन्त्री ओलीले प्रहरी संगठनलाई आपराधिक गतिविधि, चोरी–डकैती, लागुऔषधको दुरुपयोग, मानव ओसारपसार, तस्करी र राजस्व चुहावट नियन्त्रणमा कडाइका साथ लाग्न आग्रह गरे।

“नेपाली सेनाले राष्ट्रको सुरक्षा गरिरहेको छ भने प्रहरी पनि आफ्नै योग्यता र दक्षताका आधारमा इमान्दारीपूर्वक जनताको सुरक्षा र सेवा गर्नुपर्छ,” उनले जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय