२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाल विद्युत् प्राधिकरणको नाफा गत आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले घटेको छ। ४०औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक वित्तीय विवरणअनुसार प्राधिकरणले गत आवमा करपूर्व ९ अर्ब ६ करोड रुपैयाँ नाफा कमायो, जुन अघिल्लो वर्षको १४ अर्ब ४६ करोड रुपैयाँ भन्दा ५ अर्ब ३९ करोडले कम हो।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार नाफा घट्नुमा सञ्चालन खर्चमा २ अर्ब १० करोडको वृद्धि, विनिमय दर परिवर्तनका कारण २ अर्ब २५ करोडको थप व्ययभार र ५ अर्बको जोखिम कोष छुट्याइएको कारण रहेको छ।

यद्यपि कुल व्यवसाय ८.४ प्रतिशत बढेर १ खर्ब २५ अर्ब पुगेको प्राधिकरणले जनाएको छ। भारततर्फ विद्युत् बिक्री २२.३३ प्रतिशतले बढे पनि इन्डियन इनर्जी एक्सचेन्जमा मूल्य घट्दा आम्दानी प्रभावित भएको हो।

शाक्यले ९८ प्रतिशत भूभागमा राष्ट्रिय ग्रिड पुगेको, प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ४२० युनिटबाट बढेर ४६५ युनिट पुगेको र विद्युत् चुहावट १२.२६ प्रतिशतमा घटेको जानकारी दिए।

समारोहलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राधिकरणलाई २४ घण्टा गुणस्तरीय र भरपर्दो आपूर्ति गर्ने संस्थामा रूपान्तरण गर्न निर्देशन दिए। उनले स्मार्ट प्रविधिमार्फत चुहावट न्यूनीकरण र डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता तत्काल उठाउन आदेश दिए।

राष्ट्रिय योजना आयोगका सदस्य आरपी विच्छाले समेत राजधानीमै विद्युत् आपूर्ति गुणस्तरीय नभएको भन्दै ध्यानाकर्षण गराए।

स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) का उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले निजी क्षेत्रमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै सहकार्यमा जान आग्रह गरे।

जवाफमा मन्त्री खड्काले निजी क्षेत्रलाई प्रसारण लाइन र विद्युत् व्यापारमा समेत सहभागी गराउने प्रतिबद्धता जनाए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय