२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी जगजीत श्रेष्ठले नेपाली फुटबलसँग जोडिएका आफ्ना अनुभवहरू आफ्नो सामाजिक संजाल मार्फत सेयर गर्दै  खेलाडी, क्लब र प्रशिक्षकहरूले भोग्नुपरेका समस्याहरूलाई उजागर गरेका छन्।

श्रेष्ठले विदेशमा आफूले भोगेका चुनौतीहरूको सम्झना गर्दै लेखका छन् , “मलाई पनि विदेशमा दुई दिन मात्र खेल्न गाह्रो भयो। अहिले मैले  अस्ट्रेलियामा नौ वर्ष बिताईसके ,  बुबा बिरामी भएपछि मलाई विदेश जानुपरेको थियो, नत्र नेपालमै व्यवस्थापन हुन्थ्यो।” उनले थपे, “हामी कम्तिमा फुटबलको बहानामा वर्षमा एक पटक नेपाल फर्कन सक्थ्यौं। त्यो मौका फेरि आउला कि आउँदैन, कसलाई थाहा!”

उनले व्यवस्थाले आवाज दबाएको आरोप लगाउँदै ‘काम गुमाउने डरले खेलाडीहरू चुप लागेका छन्। क्लबहरूले खेलाडीहरूभन्दा बचतलाई प्राथमिकता दिइरहेका छन्। प्रशिक्षकहरू अनावश्यक झन्झटबाट बच्न खोजिरहेका छन्। पत्रकारहरू अन्य खेलहरूमा केन्द्रित छन् र अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सञ्चालनमा कम पहल देखाइरहेको छ’

जुलाई २०२५ मा नेपाल फिफा पुरुष विश्व वरीयतामा १७६औं स्थानमा छ भने राष्ट्रिय ‘ए’ डिभिजन लिग ८०१ दिनदेखि निष्क्रिय रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय