२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

डेंगु रोग नियन्त्रण गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आज (शुक्रबार) ‘वाक एण्ड एक्ट’ कार्यक्रम सञ्चालन गर्दैछ।

महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार अभियानअन्तर्गत लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, सरसफाइ गर्ने, र लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे जनचेतना जगाउने कार्य हुनेछ। यस क्रममा माइकिङमार्फत जानकारी प्रवाह गर्ने योजनासमेत रहेको विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए।

उनका अनुसार महानगरपालिकाका सबै ३२ वडामा एकैपटक यो अभियान सञ्चालन हुँदैछ। यसलाई डेंगु नियन्त्रणका लागि ‘मेगा अभियान’का रूपमा लिइएको छ।

यसअघि पनि काठमाडौँ महानगरले हरेक शुक्रबार यस्तै कार्यक्रम गर्दै आएको थियो। तर, यसपटक एकै दिन सबै वडामा एकसाथ सञ्चालन गरिनु विशेष मानिएको छ।

स्वास्थ्य विभागले वर्षायाममा डेंगुको जोखिम बढ्ने भएकाले स्थानीय बासिन्दालाई सक्रिय रूपमा सरसफाइमा सहभागी हुन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय