२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार अर्थतन्त्रका धेरै सूचक सकारात्मक बन्दै गएका छन्।

राष्ट्र बैंकका अनुसार गत आवमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुगेको अनुमान छ। अघिल्लो वर्ष यो दर ३.६७ प्रतिशत मात्र थियो। त्यस्तै, वार्षिक औसत मुद्रास्फीति गत आवमा ४.०६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो आवमा ५.४४ प्रतिशत रहेको थियो।

शोधनान्तर स्थिति पनि मजबुत बनेको छ। गत आवमा शोधनान्तर स्थिति रु ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रह्यो। अघिल्लो आवमा यो ५ खर्ब २ अर्ब ४९ करोड मात्र थियो।

व्यापार पक्षमा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले बढेको छ। अघिल्लो आवमा भने दुवै घटेका थिए। विप्रेषण आप्रवाह पनि उच्च स्तरमा पुगेको छ। गत आवमा कुल रु १७ खर्ब २३ अर्ब २७ करोड बराबरको विप्रेषण भित्रिएको छ, जसले नेपाली रुपैयाँमा १९.२ प्रतिशत र अमेरिकी डलरमा १६.३ प्रतिशतको वृद्धि देखाउँछ। असार महिनामात्रै रु १ खर्ब ८९ अर्ब ११ करोडको विप्रेषण भित्रिएको छ।

त्यस्तै, विदेशी मुद्रा सञ्चिति ३१.२ प्रतिशतले बढेर २०८२ असार मसान्तसम्म रु २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ, जुन अमेरिकी डलरमा १९ अर्ब ५० करोड बराबर हो। यो सञ्चितिले १५.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन १२.६ प्रतिशतले बढेर रु ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा कर्जा प्रवाह ८.४ प्रतिशतले बढेर रु ५४ खर्ब ९८ अर्ब पुगेको छ। विस्तृत मुद्राप्रदाय भने अघिल्लो आवको १२.९ प्रतिशतको तुलनामा घटेर १२.५ प्रतिशतले मात्र बढेको छ।

अर्थतन्त्रका बाह्य सूचकहरू सुधार हुँदै जाँदा विप्रेषण, विदेशी मुद्रा सञ्चिति र निर्यात हालसम्मकै उच्च अवस्थामा पुगेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय