२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा आवधिक निर्वाचन समयमै हुने विश्वास व्यक्त गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले दक्षिण एशियाका धेरै देशहरूमा निर्वाचन ढिलो हुने प्रवृत्ति देखिए पनि नेपालमा भने त्यसलाई कसैले हल्लाउन नसक्ने बताए। “दक्षिण एशियाका थुप्रै देशमा समयमा आवधिक निर्वाचन हुँदैन। हाम्रोमा हुन्छ। हाम्रो निर्वाचन स्वतन्त्र, निष्पक्ष र नियमित हुन्छ,” थापाले भने।

उनका अनुसार निर्वाचनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न सरकारद्वारा ल्याइने विधेयकमा निर्वाचन आयोगले सुझाएका प्रावधान हट्न सक्ने भएकाले सबै सचेत रहनुपर्ने छ। “संसदमा छलफलपछि आवश्यक परे फेरि थपघट गर्न सकिन्छ,” उनले बताए।

महामन्त्री थापाले उम्मेदवार छनोट स्थानीय तहमै गर्न पाउने प्रावधानलाई सकारात्मक भने। उनले मतदाता शिक्षा विस्तार गर्नुपर्नेमा जोड दिँदै निर्वाचनलाई अझ मजबुत र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय