२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई करिब १६ करोड रुपैयाँ भ्रष्टाचार प्रकरणमा विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार थुनछेक बहसपछि पौडेललाई धरौटीमा छाड्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार २७ गते पौडेलसहित ६ जना कर्मचारी र एक आपूर्तिकर्ता कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले तत्कालीन निर्देशक पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वलीसहित आपूर्तिकर्ता कम्पनी वर्ल्ड डिस्ट्रीब्युसन नेपाल प्रालि र यसको प्रबन्ध निर्देशक अरुण श्रेष्ठलाई करिब १५ करोड ८८ लाख रुपैयाँ बिगोबापत सजाय माग गर्दै मुद्दा चलाएको थियो।

‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिदमा अनियमितता

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा केन्द्रका लागि खरिद गरिएको ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’मा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरिएको थियो।

बोलपत्रमा २.४ गिगाहर्ज क्षमताको प्रोसेसर हुनुपर्नेमा आपूर्तिकर्ताले २.१ गिगाहर्ज क्षमताको प्रोसेसर जडान गरेको पाइएको छ। यसले प्रणालीको कार्यसम्पादन क्षमता करिब १४.२८ प्रतिशतले घटाएको आयोगको दाबी छ।

पौडेल र उनका सहकर्मीहरूलाई शर्तविपरीत सामग्री आपूर्ति गर्न अनुमति दिएको र झुटा कागजातमार्फत भुक्तानी गरेको आरोप लगाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय