२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट | राज्यको प्रतिशोधविरुद्ध एकताबद्ध हुन एमालेको अपिल |

उपसभामुख इन्दिरा रानामाथि बालबालिका अवैध ओसारपसार प्रकरणमा संलग्न भएको आरोपपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले औपचारिक अनुसन्धान थालेको छ।

राना कार्यकारी प्रमुख रहँदा प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थाले विदेशी नागरिकलाई धर्मपुत्रका रूपमा नेपाली बालबालिका उपलब्ध गराएको तथ्य सार्वजनिक भएपछि प्रहरी सक्रिय बनेको हो।

सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङका अनुसार घटनासम्बन्धी विवरण विभिन्न माध्यमबाट बाहिरिएपछि अनुसन्धान अघि बढाइएको हो। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले पनि “यो विषय सार्वजनिक सरोकारको गम्भीर मुद्दा भएकाले सीआईबीलाई दोषी पहिचान गर्न निर्देशन दिइएको” स्पष्ट पारे।

२०७२ कात्तिक १७ गते सिफलस्थित बालगृहबाट हराएका पाँच बालबालिकाको घटना पनि यसै प्रकरणसँग जोडिएको देखिएको छ। तत्कालीन कर्मचारीहरूले दिएका बयानअनुसार ती बालबालिका पीए नेपालसँग आबद्ध व्यक्तिहरुले जबरजस्ती लगेका थिए। त्यसताका संस्थाको कार्यकारी निर्देशक राना नै थिइन्।

सो घटनापछि बनेको न्यायाधीश नेतृत्वको जाँचबुझ आयोगले पनि पीए नेपाल र तत्कालीन कार्यकारी प्रमुख रानाको संलग्नता देखाउँदै प्रतिवेदन पेस गरेको थियो। तर उक्त प्रतिवेदन सार्वजनिक भएको थिएन। हालै एमाले सचिव योगेश भट्टराईले प्रतिनिधिसभामा प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उपसभामुख रानामाथि गम्भीर प्रश्न उठाएका थिए।

यसैबीच पत्रकार सुमन ढुंगानाले समेत प्रमाणसहितको लेख सार्वजनिक गरेका छन्। सीआईबीले पत्रकारसँगका सामग्रीसहित थप प्रमाण संकलन गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा यो प्रकरण केवल रानासम्म सीमित नभई संगठित समूहको संलग्नता रहेको देखिएको छ। त्यसैले यसलाई मानव बेचबिखनसँगै संगठित अपराधसम्बन्धी अभियोगमा अघि बढाउन सकिने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय