२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

उपसभामुख इन्दिरा रानामाथि बालबालिका अवैध ओसारपसार प्रकरणमा संलग्न भएको आरोपपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले औपचारिक अनुसन्धान थालेको छ।

राना कार्यकारी प्रमुख रहँदा प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थाले विदेशी नागरिकलाई धर्मपुत्रका रूपमा नेपाली बालबालिका उपलब्ध गराएको तथ्य सार्वजनिक भएपछि प्रहरी सक्रिय बनेको हो।

सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङका अनुसार घटनासम्बन्धी विवरण विभिन्न माध्यमबाट बाहिरिएपछि अनुसन्धान अघि बढाइएको हो। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले पनि “यो विषय सार्वजनिक सरोकारको गम्भीर मुद्दा भएकाले सीआईबीलाई दोषी पहिचान गर्न निर्देशन दिइएको” स्पष्ट पारे।

२०७२ कात्तिक १७ गते सिफलस्थित बालगृहबाट हराएका पाँच बालबालिकाको घटना पनि यसै प्रकरणसँग जोडिएको देखिएको छ। तत्कालीन कर्मचारीहरूले दिएका बयानअनुसार ती बालबालिका पीए नेपालसँग आबद्ध व्यक्तिहरुले जबरजस्ती लगेका थिए। त्यसताका संस्थाको कार्यकारी निर्देशक राना नै थिइन्।

सो घटनापछि बनेको न्यायाधीश नेतृत्वको जाँचबुझ आयोगले पनि पीए नेपाल र तत्कालीन कार्यकारी प्रमुख रानाको संलग्नता देखाउँदै प्रतिवेदन पेस गरेको थियो। तर उक्त प्रतिवेदन सार्वजनिक भएको थिएन। हालै एमाले सचिव योगेश भट्टराईले प्रतिनिधिसभामा प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उपसभामुख रानामाथि गम्भीर प्रश्न उठाएका थिए।

यसैबीच पत्रकार सुमन ढुंगानाले समेत प्रमाणसहितको लेख सार्वजनिक गरेका छन्। सीआईबीले पत्रकारसँगका सामग्रीसहित थप प्रमाण संकलन गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा यो प्रकरण केवल रानासम्म सीमित नभई संगठित समूहको संलग्नता रहेको देखिएको छ। त्यसैले यसलाई मानव बेचबिखनसँगै संगठित अपराधसम्बन्धी अभियोगमा अघि बढाउन सकिने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय