२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनबिचबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताले नेपाल–भियतनाम सम्बन्धलाई नयाँ अध्यायतर्फ डोर्याएको छ।

नेपाल भ्रमणमा रहेकी उपराष्ट्रपति सुआनबिचसँग उपराष्ट्रपति यादवले हवाई सेवा, पर्यटन प्रवर्द्धन, लगानी र सूचना प्रविधि लगायतका विषयमा गहन छलफल गर्नुभयो। बैठकमा सिधा हवाई उडान सुरु गर्ने, व्यापार–लगानी सम्झौता अगाडि बढाउने र डिजिटल प्रविधिमा सहकार्य गर्ने विषयमा विशेष जोड दिइएको थियो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, यो भ्रमण नेपाल–भियतनामबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका अवसरमा विशेष महत्व बोकेको छ। उहाँका अनुसार भियतनाम बौद्ध धर्मावलम्बी राष्ट्र भएकाले लुम्बिनी भ्रमणलाई सहज बनाउन दुवै पक्षबीच सिधा उडानबारे सहमति खोजिएको हो।

blog

भियतनामको प्रतिनिधिमण्डलले व्यापार र लगानी सम्झौता चाँडै सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ। भेटवार्तामा जनता–जनता, व्यवसायी–व्यवसायी र सरकार–सरकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउने तथा अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा बनाउँदै अघि बढ्ने सहमति पनि भएको छ।

यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भियतनामकी उपराष्ट्रपति सुआनबिचसँग सिंहदरबारमा भेटवार्ता गर्नुभयो। दुबै नेताबीच समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन, कूटनीतिक र सांस्कृतिक सम्बन्ध बलियो बनाउने विषयमा छलफल भएको थियो।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका अवसरमा आइतबार विशेष समारोहसमेत सम्पन्न भएको छ। भ्रमणका क्रममा उपराष्ट्रपति सुआनबिचले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने र पाटन दरबार स्क्वायर, स्वयम्भूनाथ लगायतका सम्पदास्थल अवलोकन गरी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय