२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट | राज्यको प्रतिशोधविरुद्ध एकताबद्ध हुन एमालेको अपिल |

सर्वोच्च अदालतले महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर क्षेत्रमा नागा बाबाहरूको नग्न उपस्थितिलाई रोक्न माग गर्दै दायर भएको रिट खारेज गरेको छ। अदालतले यो परम्परालाई “अश्लील होइन, धार्मिक अभ्यास” को रूपमा व्याख्या गरेको हो।

न्यायाधीश डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले सुनाएको फैसलामा भनिएको छ – “नग्नता आफैंमा अश्लील होइन, यसलाई हेर्ने दृष्टिकोण र उद्देश्यमा भर पर्छ।” अदालतले नागा साधुहरूको नग्नता भगवान् शिवप्रतिको भक्ति, साधना र सनातन परम्पराको हिस्सा भएको प्रष्ट्याएको छ।

अधिवक्ता यज्ञमणि न्यौपानेले सार्वजनिक नग्नता महिला तथा बालबालिकामाथि मानसिक असर पार्ने भन्दै रिट दायर गरेका थिए। तर अदालतले यो अभ्यास यौन उत्तेजना जगाउने उद्देश्यले नभई धार्मिक परम्पराअनुसार भएको निष्कर्ष निकाल्दै हस्तक्षेप गर्न नमिल्ने ठहर गरेको हो।

फैसलामा भनिएको छ, नेपालको संविधानले प्रत्येक नागरिकलाई धर्मपालन र अभ्यास गर्ने स्वतन्त्रता दिएको छ र नागा बाबाको परम्परागत नग्नता पनि त्यही अधिकारभित्र पर्छ। अदालतले पशुपति क्षेत्र विकास कोषलाई व्यवस्थापनका लागि जिम्मेवार रहने तर कुनै साधुले कानून विपरीत काम गरे कारबाही गर्न सकिने खुला व्यवस्था भने राखेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय