२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

संगीतकी आइकन टेलर स्विफ्ट र एनएफएल स्टार ट्राभिस केल्सीले विवाहको घोषणा गरेसँगै विश्वभरका प्रशंसक उत्साहित भएका छन्। झन् चाखलाग्दो कुरा, स्विफ्टकी पूर्व–आलोचक अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुवैलाई शुभकामना दिएका छन्।

व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारले चीनका विद्यार्थीहरूको भिसाबारे प्रश्न सोध्नुअघि स्विफ्ट–केल्सीको विवाहबारे प्रतिक्रिया मागेकी थिइन्। ट्रम्पले जवाफ दिंदै भने, “म उनीहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। ट्राभिस एक महान खेलाडी र महान व्यक्ति हुन्, र टेलर पनि असाधारण प्रतिभाशाली व्यक्ति हुन्।”

सन् २०२४ मा स्विफ्टले ट्रम्पकी चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिसलाई समर्थन गरेकी थिइन्, जसपछि ट्रम्पले सामाजिक सञ्जालमा “मलाई टेलर स्विफ्टसँग घृणा छ” भन्दै कटाक्ष गरेका थिए। त्यही स्विफ्टप्रति ट्रम्पले अब सार्वजनिक प्रशंसा व्यक्त गर्नु अनौठो मोडको रूपमा हेरिएको छ।

अगस्ट २६ मा गरिएको संयुक्त इन्स्टाग्राम घोषणामा स्विफ्ट–केल्सीले मजाक गर्दै लेखे, “तपाईको अंग्रेजी शिक्षक र ब्यायामशाला शिक्षक अब विवाह गर्दैछन्।” गुलाबी र सेतो गुलाबले भरिएको बगैंचामा घुँडामा बसेर केल्सीले गरेको प्रस्तावको तस्वीरले सामाजिक सञ्जाल तातेको छ।

विशेष रूपमा टेलरको औंठी चर्चाको केन्द्र बनेको छ। २०२३ को Eras Tour को सुरुवातमै जमेको यो सम्बन्ध अब विवाहको नयाँ अध्यायमा प्रवेश गर्दैछ।

संगीत र खेल दुनियाँको यो शक्तिशाली जोडीले विवाह यात्रा सुरु गर्ने घोषणा गरेपछि संसारभरका प्रशंसक रोमाञ्चित बनेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय