२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
निर्वाचन सरकारको पहिलो प्राथमिकता : सञ्चारमन्त्री जगदीश खरेल | नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई पराजित गर्दै पार्‍यो टी–२० सिरिज आफ्नो पक्षमा | जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ |

नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार प्रहरीले उनलाई पक्राउ गरी म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ। महरविरुद्ध भदौ ९ गते नै पक्राउ पुर्जी जारी भएको थियो।

प्रहरी स्रोतका अनुसार महर स्वयं प्रहरी सम्पर्कमा आएका थिए। “उहाँ आफैं सम्पर्कमा आउनुभएको हो, अहिले अदालतमा पेश गरिएको छ,” स्रोतले जानकारी दियो। महरविरुद्ध हुलाकमार्फत आएको जाहेरीका आधारमा प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर लगाइएपछि उनको नाममा पक्राउ पुर्जी जारी भएको थियो। यसबाहेक महरविरुद्ध साइबर ब्युरोमा पनि मुद्दा दर्ता भएको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय