२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै नेपाल शिक्षक महासंघले बुधबार सत्तारुढ नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा शिक्षकहरूले करिब दुई घण्टा धर्ना बसेका थिए। सुवेदी स्वयं कांग्रेस निकट भए पनि, विधेयकले शिक्षकका माग बेवास्ता गरेको भन्दै पार्टीकै कार्यालय अगाडि विरोध कार्यक्रम गरिएको हो।

प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा अस्थायी शिक्षक स्थायीकरण, कर्मचारीको पद–तलब संरचना, बालकक्षा शिक्षकका सेवा–सुविधा र संस्थागत विद्यालयका शिक्षकको सरुवा प्रणाली जस्ता विषयमा अन्याय गरिएको महासंघको आरोप छ। महासंघले विधेयक सच्याउन भदौ २१ गतेसम्मको अल्टिमेटम दिएको छ।

महासंघका अध्यक्ष सुवेदीले चेतावनी दिंदै भने, “शिक्षक, कर्मचारी र महासंघले उठाएका माग सम्बोधनबिना सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न सकिँदैन।”

कार्यतालिकाअनुसार, महासंघले प्रमुख दलका कार्यालयहरूमा धर्ना, संघीय संसद् र शिक्षा समितिको घेराउ र स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्य अघि बढाउने जनाएको छ। आवश्यकता परे काठमाडौंमै केन्द्रीत सडक आन्दोलन गर्ने तयारीसमेत गरिएको छ।

शिक्षक महासंघ भोलि एमाले र पर्सि माओवादी केन्द्रको केन्द्रीय कार्यालय अगाडि धर्ना दिने तयारीमा छ।

यसअघि भदौ ५ गते प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विधेयक पारित हुँदा प्रमुख प्रतिपक्षी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले समेत असहमति जनाएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय