
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा पूर्व योजना आयोग सदस्य अरनिको पाँडेलाई अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतको आदेशपछि साइबर ब्युरोले उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाईएको हो ।
पाँडे विरुद्ध एक महिलाले सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन्। जाहेरी दर्ता भएपछि उनी बुधबार आफैं काठमाडौंस्थित साइबर ब्युरोमा उपस्थित भएका थिए।
यसअघि पाँडे साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएका थिए। अदालतको आदेशपछि अब उनलाई चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने बाटो खुलेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।