२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारहरूको अमेरिकामा बसाइ समयावधि सीमित गर्ने नयाँ प्रस्ताव सार्वजनिक गरेको छ।

प्रस्तावअनुसार अब विद्यार्थी भिसामा अमेरिका प्रवेश गर्नेले चार वर्षभन्दा बढी बस्न पाउने छैनन्। त्यस्तै, विदेशी पत्रकारलाई अधिकतम २४० दिनको बसाइ मात्र अनुमति दिइनेछ, जसलाई थप २४० दिनले विस्तार गर्न सकिनेछ। तर चिनियाँ पत्रकारलाई भने केवल ९० दिनको भिसा मात्र उपलब्ध हुने जनाएको छ।

अमेरिकी ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले अघिल्लो प्रशासनले विदेशी विद्यार्थी र अन्य भिसा धारकलाई अनिश्चितकालका लागि बस्न दिएकोले सुरक्षा जोखिम बढेको र करदाताको भार थपिएको दाबी गरेको छ। तर वाणिज्य विभागका तथ्यांकअनुसार सन् २०२३ मा मात्र अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकाको अर्थतन्त्रमा ५० अर्ब डलरभन्दा बढी योगदान दिएका थिए।

उच्च शिक्षा क्षेत्रका विज्ञहरूले यो कदमलाई अनावश्यक नोकरशाही अवरोध भन्दै आलोचना गरेका छन्। अमेरिकी कलेज र विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्ने ‘प्रेसिडेन्ट्स एलायन्स’का प्रमुख मिरियम फेल्डब्लमले यसले विश्वभरका प्रतिभाशाली विद्यार्थीहरूलाई निरुत्साहित गर्ने र अमेरिकाको विश्व प्रतिस्पर्धात्मक क्षमतालाई कमजोर पार्ने चेतावनी दिए।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा पहिल्यै कमी भइरहेको बेला आएको यो प्रस्तावले विश्वविद्यालयहरूको भर्ना र अनुसन्धानमा नकारात्मक असर पार्ने अनुमान गरिएको छ। ट्रम्पले अघिल्लो कार्यकालमा पनि पत्रकार भिसाको अवधिमा कटौती गर्ने प्रयास गर्नुभएको थियो, जसलाई उत्तराधिकारी जो बाइडेनले खारेज गरेका थिए ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय