२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी | हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत | बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान | अब पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जाँचबुझ आयोगको घेरामा | निर्वाचन सरकारको पहिलो प्राथमिकता : सञ्चारमन्त्री जगदीश खरेल | नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई पराजित गर्दै पार्‍यो टी–२० सिरिज आफ्नो पक्षमा | जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? |

भरतपुर महानगरपालिकाले गत आर्थिक वर्षमा ७ हजार २ सय ४१ जनालाई निःशुल्क सीपमूलक तालिम दिएको छ । महानगरले उत्पादनलाई प्राथमिकता दिँदै महानगरस्तर, वडा कार्यालय र वैदेशिक रोजगार बोर्डसँग सहकार्यमा स्वरोजगार तथा रोजगारमुखी तालिम सञ्चालन गरेको हो ।

महानगरको रोजगारी शाखाका अनुसार तालिम प्राप्त गर्नेहरूमा २ हजार ५९१ पुरुष र ४ हजार ६५० महिला रहेका छन् । तालिमहरूमा प्लम्बिङ, केयर गिभर, मन्टेश्वरी, फेसन डिजाइनिङ, इलेक्ट्रिसियन, ग्राफिक डिजाइनिङ, ब्युटी पार्लर, कौसी खेती, पोते र बुटिक बनाउने, मादल तथा पञ्चेबाजा तालिमदेखि लिएर ड्राइभिङ, एडभान्स ब्युटी पार्लर, कुक, सेनेटरी प्याड, साबुन, बेकरी, घरेलु फोहोर व्यवस्थापनलगायतका विषय समावेश गरिएका थिए । यी तालिमहरू १५ दिनदेखि ३ महिनासम्म सञ्चालन भएका थिए ।

महानगरका प्रमुख रेनु दाहालले पूर्वाधार विकाससँगै दक्ष जनशक्तिको माग बढेकाले सीपमूलक तालिमलाई प्राथमिकता दिइएको बताइन् । उनका अनुसार उद्योग–व्यवसायमा भारतलगायत अन्य देशका दक्ष कामदार ल्याउनुपर्ने अवस्था भएकाले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्नु जरुरी भएको हो ।

महानगरले सीप नभएकालाई सीपयुक्त बनाउन, सीप भएकालाई स्वरोजगार वा रोजगारीमा जोड्न तथा रोजगारीमा रहेकाको व्यावसायिक स्तर वृद्धि गरी आय बढाउने उद्देश्य राखेको जनाएको छ । साथै, आगामी आर्थिक वर्षमा अझ बढी युवालाई लक्षित गरी निःशुल्क तालिम कार्यक्रम विस्तार गर्ने तयारीसमेत गरिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय