२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

चीनको थियानजिनमा जारी साङ्घाई सहयोग संगठन शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथसँग भेटवार्ता गरेका छन्।

भेटवार्तामा दुवै मुलुकबीचको आपसी सम्बन्ध तथा सहयोगका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। प्रतिनिधिमण्डलसहितको यो भेटलाई दुवै मुलुकले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन अवसरका रूपमा लिएको बताइएको छ।

प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि चीनको पाँचदिने भ्रमणमा छन्। उनी चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा थियानजिनमा पुगेका हुन्। सम्मेलनमा सहभागी मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले आज सम्बोधन गर्ने कार्यक्रम छ।

ओलीको चीन भ्रमणका क्रममा विभिन्न राष्ट्रप्रमुखहरूसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। आजै उनले रूसका राष्ट्रपति भ्लादिमीर पुटिन र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुसँग पनि भेटवार्ता गर्नेछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय