२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनमा भइरहेको सांघाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।

आइतबारदेखि थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको उक्त शिखर सम्मेलनमा सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आ–आफ्नो सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा मुलुकको हितलाई प्राथमिकतामा राख्दै द्विपक्षीय सम्बन्ध र अन्तरराष्ट्रिय विषयवस्तुमा नेपालले उठाउने धारणा स्पष्ट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली भदौ १४ गते चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गर्नुभएको हो। भ्रमणका क्रममा उनले विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग दुईपक्षीय भेटवार्ता समेत गरेका छन् ।

शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एससिओ जस्ता बहुपक्षीय संयन्त्रले सदस्य राष्ट्रबीच आपसी विश्वास, सहयोग र सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय