२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने भएका छन्।

बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै, उपराष्ट्रपति चङ्गद्वारा आयोजना गरिएको रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।

यसअघि थियानजिनमै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनफिङसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन्।

विजय उत्सव समारोहमा सहभागिता

भ्रमणको अन्तिम दिन भदौ १८ गते प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनेछ। उक्त समारोह फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा हुँदैछ।

समारोहमा सहभागी भएपछि सोही दिन प्रधानमन्त्री ओलीसहित प्रतिनिधिमण्डल नेपाल फर्किने कार्यक्रम छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय