
नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला रु. २ लाख २१ हजार ७०० मा कारोबार भइरहेको छ।
सोमबार सुन प्रतितोला रु. २ लाख १७ हजार ८०० मा कारोबार भए पनि मंगलबार मूल्य तोलामा रु. ३ हजार ९०० ले वृद्धि भएको हो।
त्यसैगरी, आज चाँदी प्रतितोला रु. २ हजार ६८० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस करिब ३ हजार ७४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।